सेनाको हेलिकप्टरबाट मालिकार्जुनकी एक सुत्केरी महिलाको उद्धार

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ६ उकुकी एक सुत्केरी महिलाको मगंलबार खलगांबाट हवाई उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले हिजो आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?