नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

मंगलबार यसअघि लिइएको म्याद सकिएपछि प्रहरीले आरोपित सबैजनालाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले थप दुई दिन हिरासतमा राख्न काठमाडौ प्रहरी परिसरलाई अनुमति दिएको हो । अदालतले अनुमति दिएसँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित हिरासतमा रहेका १६ जना सबैको म्याद २ दिन थपिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहनेह अन्य व्यक्तिहरुमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, मोरङकै सागर थुलुङ राई, खाँणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, काठमाडौंका रामशरण केसी, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा र सुनसरीका गोविन्द चौधरी रहेका छन् ।

प्रहरीले यो प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर आरोपितमाथि अदालतमा मुद्दा दायर गर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?