दार्चुलामा ग्यासमा आगलागी हुदा एक बृद्ध घाइते

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा एक जना बृद्ध घाइते भएका छन् । नौगाड गाउपालिका-३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्ना जलेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे छ बजे ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते भएकाे बताइएको छ । घरमा समेत आगलागी भएको र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

घाइते ठगुन्नाको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?