दार्चुलामा ग्यासबाट आगलागी हुदा घाइते बृद्धको हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लगियो

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा घाइते भएका नौगाड गाउपालिका-३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लगिएको छ ।

आज दिउँसो २ बजे नेपाली सेनाकाे हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लगिएको हो । ठगुन्ना बुधबार (आज) बिहान साढे छ बजे ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

घरमा समेत आगलागी भएको र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । घाइते ठगुन्नाको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?