दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा जलेर घाइते भएका नौगाड गाउपालिका-३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको मृत्यु भएको छ। ठगुन्नालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
आज दिउँसो २ बजे नेपाली सेनाकाे हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लैजादै गर्दा नेपालगन्ज नपुग्दै मृत्यु भएको खबर प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । ठगुन्ना बुधबार (आजै) बिहान साढे छ बजे ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते हुनुभएकोथियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया