दार्चुला। बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ मा बाँस निगालोबाट बस्तु उत्पादन गर्न सिकाइदै छ ।
घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सहयोगमा स्थानीय युवाहरुलाई सीप सिकाउन १ महिने बाँस निगालोको बस्तु उत्पादन तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका उद्यम विकास सहजकर्ता हरिश जोशीले जानकारी दिनुभयो ।
तालिममा बाँस र निगालोका सामग्री बनाउन सिकाइने उहाँले बताउनुभयो । बिहीवार वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टको उपस्थितिमा तालिमको उद्घाट गरिएको हो ।
युवायुवतीहरुलाई सीपसिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको प्रवक्ता भट्टले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया