दार्चुला। नेपालमा अझै १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ ।
बहुआयामिक गरिबी ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।
कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया