रेशम चौधरीलाई आममाफी दिने तयारीविरुद्ध सर्वोच्चमा रिट

दार्चुला । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको हो ।

बोहराले दिएको रिटमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

सरकारले सोमबार गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

पीडित बोहराले यसअघि राष्ट्रपति कार्यालयमा चौधरीलाई आममाफी नदिन निवेदन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?