दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर स्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन् ।
महाकाली नगरपालिका-४ बंगाबगर बस्ने कुबेर सिंह धामीका छोरा अन्दाजी १५ वर्षीय सुदिप धामी महाकाली नदीमा बगेर वेपत्ता भएका हुन् ।
सोमबार (आज) दिउँसो साढे दुई बजे बगेका धामीको खोजि गर्दा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता धामी महेन्द्र नमुना माविमा कक्षा १० मा अध्यनरत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । खोजि कार्य जारी रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया