दार्चुला । कैलालीस्थित गेटा मेडिकल कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
उक्त प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेका थिए।
अर्थमन्त्री महतले डडेलधुरामा मेडिकल कलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया