दार्चुलामा करेन्ट लागेर शिक्षक कार्कीको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर  ३ मा करेन्ट लागेर एक जना शिक्षकको मृत्युु भएको छ ।

अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत अपिहिमाल-३ मा घर भएका शिक्षक दमन सिंह कार्कीको ३५ वर्षको उमेरमा मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उहाँ आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहनुभएको थियो । उहाँको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमाटमका लागि गोकुलेेश्ववर अस्पताल ल्याइदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?