दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा संघीय सरकारबाट २ अर्ब ९१ करोड ८२ लाख बजेट हस्तान्तरण गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त रकम दार्चुलाका स्थानीय तहमा पठाएको हो ।
वित्तीय हस्तान्तरण विवरण अनुसार महाकाली नगरपालिकामा ४२ करोड ५४ लाख र शैल्यशिखर नगरपालिकामा ४२ करोड ९० लाख बजेट पठाइएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ३८ करोड ९ लाख, लेकम गाउँपालिकामा ३६ करोड ७३ लाख, नौगाड गाउँपालिकामा २९ करोड २७ लाख, मार्मा गाउँपालिकामा २९ करोड १६ लाख, व्याँस गाउँपालिकामा २६ करोड ४४ लाख, दुहुँ गाउँपालिकामा २५ करोड ७८ लाख र अपिहिमाल गाउँपालिकामा २० करोड ९१ लाख बजेट हस्तान्तरण गरिएको हो।
संघीय सरकारको विशेष र समपुरक बजेटका साथै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने बजेट स्थानीय तहले थप पाउने छन् । आन्तरिक आम्दानी न्यून रहेकोले प्रदेश र संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा बजेटको भरमा स्थानीय तहहरूले बजेट निर्माण गर्दै आएका छन् ।
दार्चुलाका पालिकाहरूमा हस्तान्तरण गरिएको बजेट हेर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया