राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

गत १२ गते मन्त्रिपरिषदको बैठकले लिखित रुपमा राष्ट्रपतिलाई विधेयक पास गर्न पत्र लेखेको र उनले संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जानु अघि राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका थिए ।

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो।

गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?