स्कुलको छात्रावासमा विद्यार्थी मृत भेटिए

दार्चुला । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्कुल परिसरमा प्रहरीहरुको तैनाथी बढाइएको छ । विद्यार्थीका अभिभावक, आफन्त र स्थानीय भेला भएर स्कुलविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?