दार्चुला । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदीबन्दी फरार भएका छन्।
बिहीबार बिहान साँढे २ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेका २७ वर्षीयविष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका–३ घट्टेखोलाका ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेको श्रीमलले बताउनुभयो।
कारागारबाट फरार भएका कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया