बिहेको प्रस्ताव अस्वीकार गर्दा दुई जनाको हत्या

दार्चुला । कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या भएको छ। बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो।

वाणगंगा नगरपालिका(६, मटेरियाका ७० वर्षीय बमबहादुर थारू र उनकी भतिजी २२ वर्षीय अन्जनी थारूको चक्कु प्रहार गरी हत्या गरिएको हो।

बिहीबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो। तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो। उनीहरू दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारूले उनीहरू माथि चक्कु प्रहार गरेको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिनुभयो। चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए।

बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोहन थारू र अन्जनी थारू विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको भनाइ छ। हत्या गर्ने थारूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?