दार्चुला । बैतडीमा एक लाखबढीका सामान बेवारिसे अवस्थामा फेला परेका छन्।
जिल्लाको गोठलापानी शाहिलेक सडकखण्डमा अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला, प्रेसर कुकर, नमकिन, नरिवल, दाल, चिनी लगायतका एक लाख पैतीस हजार तीन सय पैतालीस रुपैँया बराबरको सामानहरु बेवारिसे अवस्थामा बिहीबार राति फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका वडा नम्बर–४ गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पस नजिक गोठलापानी शाहिलेक सडकखण्डमा उक्त सामान फेला पारेको जनाएको छ ।
बरामद गरिएका सामानहरु आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडीमा बुझाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया