कृषि विकास बैंकले माग्यो लेखापालदेखि वरिष्ठ शाखा प्रमुखसम्मका कर्मचारी

दार्चुला । कृषि विकास बैंकले १७९ कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार सूचना निकालेर स्थायी दरबन्दीका लागि कर्मचारी माग गरेको हो

बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना र प्राविधिकतर्फ ऋण सहायक ६ जना माग गरेको छ । यस्तै कर्जा अधिर्कत ९, आईटी इन्जिनियर १, कानूनी अधिकृत २, व्यवस्पापक सूचना प्रणाली अधिकृत ३, व्यवसाय अधिकृत ३८ र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ। यस्तै वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख एकजना माग गरेको छ।

इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ। दरखास्त दिन यही जेठ १९ गतेदेखि असार ७ गतेसम्मको २१ दिनको म्याद दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?