दार्चुला । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको हो ।
विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान उडेको विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो ।
‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु परेको उहाँले बताउनुभयो । विमान बाहिरको वातावरणसँग विमानभित्रको वातावरण नमिल्नु नै ‘प्रेसराइजेसन फेलियर’ हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया