सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नुहुनेछ ।

प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्यसूची तय भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकतालाई पूरा गर्ने गरी आउने बुझिएको छ । सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?