रोजगार सेवा केन्द्र मालिकार्जुन, दार्चुला। मालिकार्जुन गाँउपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्रको साँझेदारीमा गाँउपालिका क्षेत्रमा खानेपानी योजनाहरुको मर्मत तथा निमार्णले गर्दा नागरिकले सहजता पाएका छन । दार्चुलाको मालिकार्जुन गाँउपालिका वडा नम्बर १, ३ र ८ मा गाँउपालिकासंगको साँझेदारीमा खानेपानी मर्मत तथा योजना सञ्चालन गरिएका हुन ।
खानेपानीको मार्का खेप्दै आएका मालिकार्जुन गाँउपालिका वडा नम्बर ३ का स्थानीय गोमती धामीका अनुसार बिहान उठ्ने बितिक्कै बालबच्चा सहित घर परिवारका सदस्यहरुले खालिभाँडो बोकेर कुवा इनारहरु धाउनु पर्ने बाध्यता थियो, अहिले खानेपानी निमार्ण भएपछि रोजगारी संगै पानीको सुविधा मिलेको छ । गाँउपालीका भित्रमा भेरेगाड लिप्टिङ खानेपानी आयोजना, निङलाडी खानेपानी आयोजना, फर्सेपन्जु लिप्टिङ खानेपानी आयोजना र बिफ्यारोडा सिलङगैर खानेपानी योजना लगायतका अन्य योजनाहरुमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले साँझेदारीमा काम गरेकाले रोजगारी संगै खानेपानीको सुबिधा पुगेकोमा स्थानीय खुसी भएका छन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम र मालिकार्जुन गाँउपालिकाको साँझेदारीमा २०७५ फागुन महिनाबाट पालिका भित्रका बेरोजगार व्यक्तिलाई स्वरोजगारी दिलाउन थालेपछ गरिव बिपन्न र सिमान्त्रकृत नागरिकले पनि रोजगारी पाउन थालेकाले सबै नागरिक खुसि भएका हुन । मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ३ मा निर्माण सम्पन्न हुन लागेको बिफ्यारोडा खानेपानी योजना बन्नु भन्दा पहिले सिलङगैर र प्रेमनगर बजार र मा.बि मडका विद्यार्थीले घन्टौँ सम्म पानीका लागि लाइन बस्नु पर्ने र घरका सबै सदस्यहरुले रित्तो गेलन, गाँग्री, लगायका भाँडा बोकि इनार कुवामा धाउदै आएको मालिकार्जुन गाँउपालिका वडा नम्बर ८ का स्थानीय कौशा धामीको भनाइ छ । गाँउमा पानी आउने भनेपछि महिला तथा पुरुषहरु खुसिका संगै पाइपलाइन खन्न योजना पुर्ननिर्माणका काममा जुटेका हुन ।

सबै नागरिकको घर घरमा खानेपानीको सुबिधा पुगेकोमा खुसियाली छाएको छ । यस क्षेत्रका स्थानीय भन्छन, प्रधानमन्त्री रोजगार कार्यक्रमले १०० दिनको रोजगारी मात्रै दिने हुन भनि सोचेका थियौँ तर गाँउको बिकासमा पनि ठूलो भुमिका खेलेको देख्दा सिंह दरवार घर घरमा पुगेको आभाष दिएको मालिकार्जुन ३ का स्थानीय कलावती धामीको भनाइ छ ।
मालिकार्जुन गाँउपालिकामा पछिल्लो समय पुरुष भन्दा पनि महिला श्रमिकहरु सक्रिय बन्दै गएका छन । घरको चुलो चौकोमा सिमित रहेका महिलाहरु गाँउमै १०० दिनको रोजगारीबाट घर खर्च चलाउन सहज भएकाले पुरुष श्रमिक भन्दा पनि महिला श्रमिकहरु जागरुक भएका हुन । गाउँमा नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएर बाटो, खानेपानी तथा जीबिकोपार्जनका कृयाकलापहरु गरिरहेकाले स्थानीय नागरिकले रोजगारी पाउदा बालबच्चा पढाउन तथा दैनिक घर खर्च चलाउनमा सहज भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का स्थानीय डम्बर खत्रीको भनाइ छ ।
महिला श्रमिकहरु अहिले सामान्य देखि जटिल खालका कामहरु गर्नमा तम्सिएका छन । ढुङगा बोक्ने तथा मिस्त्रीले गर्ने कामहरु पनि गरिरहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ स्थानीय रेवती बोहराले बनाउनुभयो । महिलाले पुरुषको जस्तो काम गर्न सक्दैन्न भन्नेहरुलाइ बिकास निर्माणका काममा जुटेर आफुहरुलृ जवाफ दिन सफल भएको महिलाहरुको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मालिकार्जुन गाँउपालिकामा पुरुष श्रमिक भन्दा महिला श्रमिकहरु बढि रहेकाले पनि हरेक बस्तिका महिला श्रमिकहरु काममा क्रियाशील देखिन्छन । अवका दिनमा पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्दिय सरकारले महिला उत्थानको क्षेत्रमा काम गर्नु आवस्यक देखिन्छ ।
आर्थिक बर्ष २०७९।०८० को बिकास सम्बन्धि फोटोहरु ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया