दार्चुलाको मालिकार्जुनमा करणी आरोप लागेका वडा अध्यक्ष पक्राउ

दार्चुला । दार्चुलामा महिलालाई करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

गत माघ २० गते महिलालाई जबरजस्तीकरणी गरी वडा अध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गएको फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा वडा अध्यक्ष धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो।

बुधबार पक्राउ गरिएका धामीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?