दार्चुलाको बिटुले सकड खण्डमा ट्याक्टर दुर्घटना

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मार्मा गाउँपालिका ३ अन्तर्गतको चिउरानी बिटुले सकड खण्डमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।

लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक मिलन धामी सहित सवार ३ जना सामान्य घाइते भएका प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?