सुदूरपश्चिमका पूर्व प्रदेश सांसदहरू संगठित

दार्चुला । सुदूरपश्चिम प्रदेशका पूर्वसांसदहरू संगठित भएका छन् । प्रदेशका पूर्वसांसदहरूको भेलाले पूर्वसभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पूर्वप्रदेशसभा सदस्य मञ्चको तदर्थ समिति गठन गरेको हो ।

शुक्रबार भेलाले मञ्चको विधान पारित गरेको पूर्वप्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार पूर्वप्रदेशसभा सदस्य हर्कबहादुर कुँवरको संयोजकत्वमा गठन गरिएको समितिले विधानको मस्यौदा तयार गरेको थियो । उक्त समितिको सदस्यमा पूर्णा जोशी र दुर्गा विक रहेका छन् । उक्त समितिले तयार पारेको विधान हिजै पारित गरिएको छ ।

पूर्वप्रदेशसभा सदस्य मञ्चलाई आइतबार (भोलि) अन्तिम रूप दिने तयारी छ । मञ्चको ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । जसको संयोजक पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट छन् ।

संविधानको रक्षा र व्यवस्था बलियो बनाउने उद्देश्यले मञ्च गठन गरिएको जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?