सुदूरपश्चिमको नाम खप्तड थरुहट प्रदेश राख्न उन्मुक्तिको माग

दार्चुला । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ। आइतबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन्।

प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन्।

‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहन्छु,लोगो मात्र फेरिएर हुँदैन’, चौधरीले भन्नुभयो, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ। सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ। नाम संशोधन गरिनुपर्छ। यहाँको समुदाय र संस्कृति झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ।’

सुदूरपश्चिम प्रदेश सभाको लोगो सान्दर्भिक नभएको भन्दै प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?