दार्चुला । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु भएको छ । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी व्याँस २ मालकी १४ वर्षीया आरती कार्कीको अस्पताल लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको हो ।
दार्चुला जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बाटोमै मृत्यु भएको उहाँका काका हर्क सिह कार्किले जानकारी दिनुभयो ।
मृतक बालिका खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेकी थिइन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया