पानी अभावले पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द

दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द भएको छ। २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द भएको हो।

स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताउनुभयो। स्वास्थ्य चौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जम्मा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको हो ।

स्वास्थ्य चौकीमा पानीको व्यवस्थापनका लागि हारगुहार गरेको भए पनि कसैले चासो नदिएको स्वास्थ्यचौकीका इन्चार्ज सार्कीले बताउनुभयो ।

सुत्केरी सेवा बन्द हुँदा त्यहाँ गर्भवती महिलाले घरमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?