अधुरा आयोजना सम्पन्न गर्न साढे ६ अर्ब बजेट विनियोजन

दार्चुला । सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना कार्यान्वयन कार्यक्रममा खर्च हुने भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ बजेट खर्च हुने मन्त्रालयको संशोधित अनुमान छ । विगतमा संघीय सरकारबाट सुरु गरिएका तर, संघीयतापछि स्थानीय र प्रदेशमा हस्तान्तरण भएका आयोजनामध्ये औचित्यका आधारमा बजेट अपुग हुने आयोजनामा राख्न यो रकम उपयोग गर्न थालिएको छ । अर्थ मन्त्रालयले यो रकम पूँजीगत सशर्त अनुदानका रुपमा उपयोग गर्ने गर्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?