सुदूरपश्चिम सरकारले मोनो रेल र सुरुङमार्ग सम्भाव्यता अध्ययन गर्ने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तर्गत मोनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताउनुभयो ।

यस्तै प्रदेश सरकारको बजेटमा बाजुराको ढम्कने–पाण्डुसैन सुरुङमार्ग अध्ययन गर्ने उल्लेख छ । यद्यपि दुवैको अध्ययनको लागि बजेटको अंक भने तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?