स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

दार्चुला । स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ । राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन ।

उहाँ गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?