प्रेस युनियन दार्चुलाको अध्यक्षमा कमलराज जोशी

दार्चुला । नेपाल प्रेस युनियन दार्चुलाको अध्यक्षमा कमलराज जोशी सर्वसम्मत चयन भएका छन् । हिजो (शनिबार) सम्पन्न भएको प्रेस युनियन दार्चुलाको छैटौं जिल्ला अधिवेशनले जोशीको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्ला शाखाको उपाध्यक्षमा गणेश सिंह धामी, समावेशी उपाध्यक्षमा बिशन सिह बुढाथोकी, सचिवमा प्रकाशचन्द्र भट्ट, सहसचिवमा बिजया जोशी र कोषाध्यक्षमा नरेन्द्र राज बडू सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः रणजित सिंह खत्री, दिपक साउद, हिरा सिंह धामी, गोबिन्द सिंह धामी, मनिषा बिष्ट, सुनिता कार्की र हेमन्ती भट्ट चयन भएका छन् । युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनाराको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?