एमाले अध्यक्ष केपी शर्मा ओली र रेशम चौधरीबीच भेटवार्ता

दार्चुला । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ ।

यस्तै, उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?