दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा हिमपहिरोमा परि एक जनाको मृत्यु भएको छ ।
हिमपहिरोमा परि ज्यान गुमाउनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ४ का लक्ष्मण सिंह बोहरा रहेको बताइएको छ ।
असार ५ गते मंगलबार (आज) अपिहिमालको वडा नम्बर १ रोखापु पाटनमा घटना भएको स्रोतले जनाएको छ । मृतकको शव खण्डेश्वरी ल्याइदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया