यार्सागुम्बा संकलनमा गएका लेकमका बोहराको मृत्युु

दार्चुला । यार्सागुम्बा संकलनमा चैत महिनामा अपिहिमाल गाउँपालिका गएका लेकम गाउँपालिका-५ पिडका अन्दाजी ४० वर्षीय मदनसिंह बोहराको मृत्युु भएको छ ।

अपिहिमालको सतगंगा बन (पाटन) मा यार्सागुम्बा संकलन गर्न गएका बोहराको असार २ गते मृत्यु भएको हो । यार्सागुम्बा संकलनमा गएका बोहराको पेट दुखेको र बस्ने ठाउँमै मृत्यु भएको बताइएको छ । मृतकको साथमा बनमा पाइने विष समेत भेटिएकोले विष सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको लेक (पाटन) बाट शव ल्याएर हिजो अन्तेष्टी गरिएको आफन्त पुष्कर बोहराले जानकारी दिनुभयो । मृतक बोहराको घरमा आमा, श्रीमती, दुई छोरी र दुई छोरा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?