दार्चुला । दार्चुलाको मार्मा र अपिहिमाल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँसभामार्फत पारित गरिएको हो ।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको मार्मा को नीति कार्यक्रममा शिक्षा, स्वास्थ लगायत सामाजिक र आर्थिक विकास तथा पुर्वाधार निर्माणका कार्यक्रममा जोड दिइएको छ । यस्तै अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटन, आर्थिक, सामाजिक, पुर्वाधार लगायत क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
दार्चुलाको लेकम, शैल्यशिखर लगायत स्थानीय तहले असार ७ गते नीति तथा कार्यक्रम र १० गते बजेट सार्वजनिक गर्ने तयारी गरिएको जनाएका छन् । केही स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट असार १० गते एकैसाथ ल्याउने तयारी रहेको बताएका छन् । स्थानीय तहले असार १० गते बजेट ल्याउने व्यवस्था छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया