पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

दार्चुला । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार (आज) पहिलो पटक चिनियाँ जहाज सफल अवतरण भएको छ ।

चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो ।

‘सिचुवान एयरलाइन्स’को एयरबस ए–३१९ विमान बुधबार बिहान ९ बजेर ५ मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय ३५ जना यात्रुसहित आउने यो उडान चार्टर्ड उडान हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीसहितले चीनबाट आएको विमानलाई स्वागत गर्नु भएको थियो ।

आगामी शुक्रबार र शनिबार फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक लिएर विमान पोखरा आएको हो ।

सो विमान बुधबार नै पोखराबाट काठमाडौँ आएर नियमित उडानमार्फत छेन्तु फर्कने छ । गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?