दार्चुला । प्रदेशका बहालवाला मन्त्री पृथ्वी बहादुर सिंहको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ। उनलाई बहालवाला सांसदसरह नै सम्मान प्रकट गर्दै आजको प्रतिनिधिसभा बैठकले सुरुमै शोक प्रस्ताव पारित गरेको हो।
प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्ने भन्दै सुरुमै शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको छ। सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्।
यो प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत गरिएको हो।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया