दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
लेकम-५ राताकाठा बस्ने अन्दाजी ३२ वर्षीया नन्दादेबी (कलावती) बोहराको बुधबार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताउनुभयो ।
राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक बोहराकाे घरमा तीन छोरी दुई छोरा र श्रीमान रहेका छन् । मृतकको अन्तिम संस्कार भोलि विहान रिठेगाड चिहानमा गरिने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया