दार्चुला । “सवैकाे आगँनमा याेग” भन्ने मुल नाराका साथ दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अन्तर्राष्ट्रिय प्राेटकल अनुसारकाे याेग तथा अन्तर माध्यमिक विद्यालय स्तरीय याेग प्रतियाेगिता र शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
योग दिवसको अवसरमा मालिकार्जुन गाउँपालिका क्षेत्र भित्र रहेका ११ वटा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, याेग शिक्षक, विद्यार्थी, पतन्जलि याेग समिति जिल्ला कार्यसमिति तथा पतन्जलि याेग सम्बन्धि विभिन्न जिम्मेवारीमा रहेका पदाकारिहरूकाे संयुक्त उपस्थितिमा अन्तर माध्यमिक विद्यालय स्तरीय याेग प्रतियाेगिता तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम उद्घाटन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहन योग अपरिहार्य रहेको उहाँले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाले पछिल्लो समय सबै विद्यालयमा योग अभ्याससहितको शिक्षा प्रदान गरिरहेको छ ।
तस्बिरहरू हेर्नुहोस



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया