दार्चुला । दार्चुलाको महाकाली नगरपालिका-९ थाप्लामा विहिबार (आज) विहान ३ बजेतिर चट्याङ लागेर एक भैँसीको मृत्यु भएको छ । थाप्लाका नरेशसिंह धामीको घरमा चट्याङ लाग्दा गोठमा रहेको एउटा भैंसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चट्याङले नरेश धामीकी श्रीमती कौशादेबी धामी सामान्य घाइते भएकोमा थाप्ला स्वास्थ्य चौकीमा उपचार गरिएको बताइएको छ ।
यस्तै विहान २:३० बजेको समयमा लेकम गाउँपालिका-३ कमान्नाका धर्मानन्द जोशीको घरमाथिबाट महाकाली करिडोरको ढुंगा, माटो, लेदो घरभित्र पसेको छ ।
महाकाली लोकमार्गको पनेबाँजमा सडक अवरुद्ध भएकोमा अहिले खुलिसकेको प्रहरीले जनाएको छ । महाकाली नगरपालिका वडा नम्बर २ र ३ को बडालीगाउँ र तल्लो सेला लगायत क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ ।
सडक भासिएकाे र माथिबाट पहिलो आएको कारण खलंगाबाट दल्लेख जोड्ने सडक बडालीगाउँ र तल्लो सेलामा अवरुद्ध रहेको प्रहरीले बताएको छ । मनसुनी समय सुरू भइरहेकोले विपदबाट जोगिन सावधानी तथा आवश्यक पुर्वसतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया