दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्व

दार्चुला । दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग आज बिहानैदेखी अवरुद्व भएको छ। वर्षाका कारण हिलोसहितको पहिरो खस्दा दार्चुला–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–८ स्थित असिगडामा सडक अवरुद्ध भएको हो।

गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तस्बिर: डोनाल्ड जेम्स फेसबुकबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?