दार्चुला । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्यश्वरीको निधन भएको छ। दिव्यश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।
उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।
स्व।दिव्यश्वरीका दुई छोरा र दुई छोरी छन्। शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा उनको दाहसंस्कार गर्ने बताइएको छ।
सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका चन्दको परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया