एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २२ र २३ मा गर्ने निर्णय

दार्चुला । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौ २२ र २३ गते गर्ने निर्णय गरेको छ।

शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौ २२ र २३ गते गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो।

बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताउनुभयो ।

बैठकमा प्रस्तुत भएको वार्षिक कार्ययोजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिंदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ।

शुक्रबारको बैठकमा पार्टी केन्द्रले गरेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका इन्चार्ज तोकिएका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई स्वागत गरेको छ भने कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तत्कालीन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टको बिदाइ पनि गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?