पत्रकार कार्कीको पहलमा संकलित सहयोग रकम हस्तान्तरण

दार्चुला । दार्चुलाका पत्रकार लोकेन्द्रसिह कार्कीको पहलमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

झण्डै दुई दशक देखि भारतमा मजदुरी गर्दैआएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ गराडी (तल्लागाउँ) का पदमसिंह कार्कीको गत चैत ८ गते भारतको बिहार राज्य स्थित पटना भन्ने ठाउँमा एक्कासी निधन भएपछि कार्कीको परिवारमा दैनिक छाक टार्न निकै अप्ठ्यारो भएका कारण पत्रकार कार्कीले सहयोग अभियान चलाएका हुन् । उक्त अभियान अन्तरगत एक लाख ९३ हजार सहयोग रकम संकलन भएको थियो ।

उक्त रकम शनिबार (आज) लेकम गाउँपालिका-२ का निर्वाचित वडा सदस्य बिरेन्द्र सिंह कार्कीको उपस्थितिमा मृतकको परिवारका नजिकका हकदारहरु सहित गाउँका गन्यमान्य व्यक्तिहरुलाई साक्षी राखी स्वर्गीय पदम सिंह कार्कीकी धर्मपत्नी लिला कार्कीलाई नगद हस्तान्तरण गरिएको पत्रकार कार्कीले बताउनुभयो ।

अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?