दार्चुलाको दुहुँ ५ का वडा अध्यक्ष भट्टको निधन

दार्चुला । दार्चुलामा एक वडा अध्यक्षको निधन भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको धनगढी लैजाने क्रममा आज (सोमबार) निधन भएको हो ।

आइतबार स्वास्थमा केही समस्या देखिएपछी भट्ट जिल्ला अस्पताल दार्चुला आएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेका भट्टको आज बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा मृत्यु भएको भट्टका आफन्त नवराज भट्टले जानकारी दिनुभयो ।

भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

भट्ट २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनको तर्फबाट बिजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?