गेटामा विश्वविद्यालय बन्न दिन माफियाले अवरोध गरिरहेका लेखराज भट्टको भनाई

दार्चुला । नेकपा एमालेका सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनिच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउन अवरोध भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टले दाबी गर्नुभयो ।

प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएको बताउनुभयो ।

मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरिरहेको भट्टले आरोप लगाउनुभयो । ‘जसको सरकार छ उहाँहरुकै सांसदले विश्वविद्यालय चाहिदैन भन्दै सदनमा भाषण गरेको सुनेँ,’ भट्टले भन्नुभयो, ‘अर्थमन्त्रीले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भनेर भन्नुभयो । यसले कि उहाँलाई ज्ञान छैन कि बुझ पचाएको जस्तो गर्दै हुनुहुन्छ।’

भट्टले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्न सदनदेखि सडकसम्म आन्दोलन चर्काउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?