नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

दार्चुला । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौंको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बुढाथोकी फरार मध्येका हुन् ।

शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशले दुई जना धरौटीमा रिहा भएका छन् । फरार १२ जना मध्यका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १५ जना केन्द्रीय कारागारमा थुनामा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?