रौतहटमा आमा छोरीको हत्या

दार्चुला । रौतहटमा आमा छोरी मृत फेला परेका छन्। शनिबार बिहान जिल्लाको मौलापुर नगरपालिका(४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही घरमै मृत फेला परेका हुन्।

घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको रौतहटका डिएसपी उमाशंकर यादवले बताउनुभयो।

उनका अनुसार कविताको घाँटीमा पनि सल बाँधिएको अवस्थामा छ।

घटनापछि कविताका श्रीमान धिरेन्द्र साह फरार छन् । उनकी सासु र जेठानीलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?