मालिकार्जुन गाउँपालिकाले गर्‍यो पुजन जात्राको पुर्वसन्ध्यामा बाटो सरसफाई

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पुजन जात्राको पुर्वसन्ध्यामा बाटो सरसफाई गरेको छ । वडा नम्बर – ३ स्थित शैल्यशिखर मालिकार्जुन पुजन जात्राको पुर्वसन्ध्यामा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीको संयुक्त टोलीले शिखर धाम प्रवेश मार्गको सरसफाइ गरेका हुन् ।

आज बिहान नौ बजे देखि सरसफाईमा निस्किएको गाउँपालिकाको कर्मचारी र जनप्रतिनिधि सहितको टोलीले बाटोमा रहेको फोहोर उठाउनुका साथै बिग्रेको ठाउँमा बाटो मर्मतको काम समेत गरिएको उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड स्थित मालिकार्जुन मन्दिर रहेको भए पनि प्रत्येक बर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशी गरि बर्षको दुईपटक मालिकार्जुन मन्दिर भन्दा माथी रहेको शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ ।

शिवालिङगाको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागा श्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?