विवेकशील साझाले सार्वजनिक गर्‍यो साँस्कृतिक मानचित्र

दार्चुला । विवेकशील साझा पार्टीले नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ।

पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।

‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ुऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्रु सार्वजनिक गरेको हो,’ प्रवक्ता आशुतोष प्रधानले निकालेको विज्ञप्तिमा उल्लेख छ।

भारतले नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भू-भागलाई  समेत राखेर अखण्ड भारतुको नयाँ नक्सा राखेको थियो। यसप्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत नपठाउनु विडम्वना भएको विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताउनुभयो।

‘यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो,’ परियारले भन्नुभयो ।

सुगौली सन्धी अगाडिको नेपालको भू-भाग र वर्तमान भू-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताउनुभयो।

मानचित्रमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको छ।

ुमानसरोवरदेखि गंगा मैदान सम्मुका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ,’ उपाध्यक्ष परियारले भन्नुभयो।

भारत अतिक्रमित नेपालको भूमी लिपुलेक(लिम्पियाधुरा(कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भू(भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?